काठमाडौँ । आगामी फागुन १ गतेबाट भौतिकरुपमा पठनपाठन सञ्चालन गराउन सकिने भन्दै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सूचना तथा जनसम्पर्क महाशाखाले आज(बिहिबार) एक सूचना जारी गरेको छ ।
कोभिड–१९ को नयाँ भेरिएण्ट ओमिक्रोनसहितको संक्रमण बढेपछि बन्द गरिएका शैक्षिक संस्थाहरु सम्भव भएसम्म फागुन १ गतेदेखी स्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्न सकिने महाशाखाले बताएको हो ।
महाशाखाका अनुसार शैक्षिक संस्थाहरुले स्थानीय निकायसंग समन्वय गरेर निकायले तोकेको समयसिमा र मापदण्ड भित्र रहि पठनपाठन सुचारु गर्नुपर्ने छ । संक्रमणदर घट्दै गएपछि महाशाखाले यस्तो निर्णय गरेको हो ।
कार्यालयमा भौतिक दुरी कायम राखेर कार्य सम्पादन गर्न र स्थगित भएका परिक्षाहरु सञ्चालन गर्न पनि महाशाखाले सूचनामार्फत जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्