काठमाडौँ । कोरोना भाइरसको तेस्रो लहरको संक्रमणका कारण बन्द रहेको पशुपतिनाथ मन्दिर भोलि(शुक्रबार)देखि खुला हुने भएको छ ।
कोरोनाको जोखिम बढेपछि माघ ५ गतेदेखि दर्शनार्थीका लागी मन्दिर प्रवेशमा रोक लगाइएको थियो ।
भोलिदेखि मन्दिर खुल्ने भएपनि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन पर्ने छ । मन्दिरमा पुजाका लागी एकै समयमा ५० जनाभन्दा बढी भेला नहुने र स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले बताएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको फागुन २३ मा जारी आदेश अनुसार मन्दिर खुला गर्ने निर्णय गरिएको हो ।
दर्शनार्थीहरुले भोलिबाट पशुपतिनाथको मन्दिरमा मापदण्ड कायमा गरी पूजा तथा दर्शन गर्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्