काठमाडौं । ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मुर्ति फेला परेको छ । खुमलटार स्थित करुणा मन्दिरको हातामा बिहान मुर्ति भेटिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए ।
क्लासीक टावर पछाडिको मन्दिरमा बोरामा हालेको राखेको अवस्थामा शंकास्पद वस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलेर हेर्दा मुर्ति भेटिएको छ । सो मुर्ति चोरीमा संलग्नहरुको खोज भइरहेको एसएसपी पोखरेलले बताए ।
माघ ९ मा मुर्ति हराएपछि ललितपुर परिसर र महानगरीय अपराध महाशाखाले त्यसबारे अनुसन्धान गरिरहेको थियो । पेशेवर चोरहरुलाई प्रहरीले पक्रेर सोधपुछ गरिरहेको छ । सुनाकोठीका वडा अध्यक्षले मुर्ति फेला पार्नेलाई ५ लाख दिने घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्