Ads

‘ए’ डिभिजन लिग दशौँ चरण : आज दुई खेल हुँदै


काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौँ चरणको खेलहरु आज(शुक्रबार)बाट सुरु हुने भएको छ । दशौ चरणको पहिलो दिन आज दुई खेल हुदैछन् ।

दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आज नै हुने दोस्रो खेल पौने पाँच बजे सुरु हुनेछ जसमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब भिड्ने छन् ।

दशौँ चरणका खेलहरु आजदेखि फागुन १ गतेसम्म हुनेछ भने ११ औं चरणका खेलहरु फागुन ३ गते देखि ५ गतेसम्म संचालन हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फाका अनुसार १२ चरणका खेलहरु फागुन ७ देखि १० गतेसम्म हुनेछन् । १३ औं चरणका खेलहरुको लागी अझै मिति तय गरिएको छैन ।

Ads

सम्बन्धित पोष्टहरू