काठमाडौँ । १८ वर्ष माथिका सबै नागरिकलाई सरकारले बुस्टर मात्रा खोप दिने भएको छ । कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाएको ६ महिना पुगिसकेका १८ वर्ष माथीका नागरिकलाई फागुन १ गतेदेखि बुस्टर मात्रा खोप दिने भएको हो ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोभिडविरुद्ध पूर्ण मात्रा खोप लगाएका १८ वर्ष माथिका सबै नागरिकलाई यहि फागनु १ गतेबाट बुस्टर डोज दिइने हुँदा खोप केन्द्रमा गएर बुस्टर डोज लगाउन सकिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले जनाकारी दिएका छन् ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले बिहिबार एक सुचना जारी गर्दै कोरोना विरुद्धको दुवै डोज खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएको थियो ।
सबैलाई बुस्टर मात्रा खोप प्रदान गर्न भन्दै ७७ जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई मन्त्रालयले पत्राचार गरिसकेको छ ।
खोप कार्यक्रम संचालनका क्रममा सबै खोपकेन्द्रलाई आवश्यक सावधानी अपनाउदै स्वास्थ्य मापदण्ड पालना गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्