Ads

माधव नेपालको पार्टीसँग कुनै तालमेल र एकता हुँदैनः ओली


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीसँग चुनावी तालमेल र एकता नहुने बताए ।

शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन गदै अध्यक्ष ओलीले एमाले फुटाएर अर्को पार्टी बनाएका माधव नेपालसँग निर्वाचनमा तालमेल र पार्टी एकता नगर्ने बताएका छन् ।

उनले एमालेको सरकार गिराउने संग कुनै पनि अवस्थामा तालमेल नगर्ने घोषणा गरेका छन् । एमाले एक्लै चुनाव लड्ने र विजय हासिल गर्ने दाबी गरे । उनले भने ‘ हाम्रो पार्टी फुटाउने, सरकार गिराउने, जालझेल, षडयन्त्र र तिकड्म गर्ने तत्वहरुसँग कुनै चुनावी तालमेल र पार्टी एकता हुँदैन । भ्रम नराखे हुन्छ । उनीहरुलाई नो इन्ट्री ।’

ओलीले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन मिनी जनमत संग्रह भएको बताएका छन् ।

३० वैशाखमा हुने निर्वाचन सामान्य निर्वाचन नभएर यसको ठुलो अर्थ रहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू