काठमाडौँ । कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको दशौ चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ ।
आज(शुक्रबार) दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई फ्रेन्ड्सले ५–२ गोल अन्तरले हराएको हो ।
जमउल एन्थोनी फ्रान्सिओस र सुशील शाहले दुई–दुई गोल गरका थिए भने श्याम बाबु केप्छ्याकीले एक गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाएका हुन् ।
ब्रिगेडका लागी अनिल गुरुङ र ड्याडी जुनियर वाम्बाले एक एक गोल गरेका थिए ।
आज हुने दोस्रो खेल पौने पाँच बजे सुरु हुनेछ जसमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब भिड्ने छन् ।
दशौँ चरणका खेलहरु आजदेखि फागुन १ गतेसम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस्