Ads

नेपाल बारको आन्दोलन फागुन १ गतेदेखि


काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै फेरी आन्दोलन चर्काउने भएको छ ।

आज(शुक्रबार) एक विज्ञप्ती जारी गर्दै बढ्दो कोरोना संक्रमण र अदालतले सेवा कटौती गरेपछि रोकिएको आन्दोलनलाई निरन्तरता दिन लागेको एसोसिएसनले जनाएको हो ।

बारको आन्दोलन भौतिकरुपमा फागुन १ गतेदेखि सर्वोच्च अदालत केन्द्रित रहने बताइएको छ । ‘नेपाल बार एसोसिएसन समग्र सुधार, सुद्धिकरण र सुदृढीकरणको दिशामा सदा अग्रसर रहेको र रहने कुरा पनि विश्वास दिलाउँछौँ ।’ जारी विज्ञीप्तीमा उल्लेख छ ।

न्यायपालिकाको सुद्धिकरण र सुदृढीकरणका लागि १ सय ५ दिन अघिदेखि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन तथा प्रधान न्यायाधीश जबराको राजीनामा माग गर्दै बार आन्दोलित हुँदै आएको हो ।

 

 

 

 

 

Ads

सम्बन्धित पोष्टहरू