काठमाडौं । हृदयश त्रिपाठीले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्रिपाठीले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल दर्ताका लागि आयोगमा निवेदन दिएका छन् ।
शुक्रबार त्रिपाठीले ३० सदस्यीय कार्यसमितिसहित निर्वाचन आयोगमा निवेदन जनाइएको छ। पार्टी दर्ताका लागि पार्टीको विधान, घोषणापत्र लगायत कार्यसमिति सदस्यको हस्ताक्षरसहित आवश्यक अन्य डकुमेन्टहरू राखेर निवेदन दर्ता एक सदस्यले जानकारी दिए । ३० जनामध्ये १५ जनाले सनाखत गरेका छन् । बाँकी १५ जनाले आइतबार सनाखत गर्ने बताइएको छ ।
अध्यक्ष त्रिपाठीले चुनाव चिन्ह दिएका छैनन्। निर्वाचन आयोगले तीनवटा चुनाव चिन्हमध्ये एउटा चयन गर्न भनेको छ ।
पार्टी वरिष्ठसहित चार उपाध्यक्षको नाम आयोगमा बुझाएको छ । वरिष्ठमा उपाध्यक्षमा डा.शिवजी यादव छन् । यस्तै अन्य तीनजना उपाध्यक्षमा हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ रहेका छन् । महासचिवमा इश्वर दायाल मिश्र र डा.भरतकुमार थापा रहेका छन् भने सदस्यहरुमा बाबा सरकार श्रेष्ठ, हेमशंकर सिंह ‘राजपुत’, श्याम थापा, देवेन्द्र किशोर ढुगांना, उमा तिवारी, रामचन्द्र सुतियार शर्मा, श्रीमननारायण मिश्र, शोभा त्रिपाठी, गीता भुसाल, श्यम कृषि अधिकारीलगायतका छन् ।
प्रतिक्रिया दिनुहोस्