काठमाडौं । सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।
भेटवार्तामा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गरिनुपर्ने दबाबमा रहेका बेला सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो। एमसीसी संसदबाट पास गर्ने विषयमा सत्तारुढ गठबन्धनमा नै मतभेद रहेको छ । कांग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी संशोधनसहित एमसीसी पारित गर्नुपर्ने बताउँदै आइरहेको छ । सरकारले अब बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्