Ads

गठबन्धन टुटाउने र सरकार गिराउने प्रपञ्च भइरहेका छन्ः अध्यक्ष प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन भत्काउन , सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको बताएका छन् । पार्टी कार्यलय पेरिसडाँडामा२७ औं जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सत्ता गठबन्धन विरुद्ध षड्यन्त्रहरु जारी रहेको बताएका हुन् ।

उनले भने ,‘गठबन्धन टुटाउन, यो सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेका छन् । गठबन्धन संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको हो ।’

अध्यक्ष प्रचण्डले गठबन्धन कुनै देश विशेषसँग गरेका सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग वा लेनदेनका आधारमा गठबन्धन नबनाएको भन्दै जुन सैद्धान्तिक र राजनैतिक मान्यतामा गठबन्धन बनाएको हो त्यही मान्यताबाट अगाडि बढेमात्रै लक्ष्यमा पुगिने बताए ।

गठबन्धन जुन मुल्य र मान्यतामा रहेर बनेको हो त्यसैमा जनता समेत दृढ रहेका बताए । उनले कुनै एक परियोजनाको लागि गठबन्धन भत्केमा त्यसले ऐतिहासिक धरातलपनि भत्काउने बताए । उनले भने, ‘आज यदि कसैले कुनै एउटा परियोजनासँग गठबन्धनको भविष्य सोच्छ भने ऐतिहासिक धरातल भत्काउने जस्तै हुन जान्छ ।’

Ads

सम्बन्धित पोष्टहरू