काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिगको दशौँ चरणमा आज(आइतबार) दुई खेल हुँदैछन् । दशरथ रंगशालामा दिउसो १ बजे हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
९ खेलमा १३ अंक जोडेर एनआरटी लिगको सातौं स्थानमा छ भने हिमालयन ९ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
आज नै हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र संकटा क्लब भिड्ने छन् ।
पौने पाँच बजे सुरु हुने दोस्रो खेल पनि दशरथ रंगशालामा हुनेछ ।
९ खेल १० अंक जोडेर एपीएफ नवौं स्थानमा छ भने संकटा ९ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्