काठमाडौं । कानुनमन्त्री दिलेन्द्रप्रसास बडुले सर्वोच्चमा देखिएको गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता गरिएको बताएका छन् । न्यायालयमा देखिएको गतिरोध हटाउन आग्रह गर्दा प्रधानन्यायाधीश जबराले नमानेपछि महाभियोग बाटो अवलम्बन गर्नुपरेको बडुको भनाइ छ ।
बडुले भने, ‘न्यायालयमा देखिएको गतिरोध अन्त्य गर्नका लागि हामीले उहाँलाई (प्रधानन्यायधीश) लाई अग्रह गरेका थियौँ । तर वहाँले म जुन बाटो आएको थिएँ, त्यही बाटो जान्छु भन्नुभयो । त्यही भएर हामीले संवैधानिक बाटो रोज्यौँ ।’
उनले महाभियोग पास हुने पनि बताए । यसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि साथ दिने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्