Ads

नेकपा एमालेले बोलायो सचिवालय र संसदीय दलको बैठक


काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज(आइतबार) साँझ ६ बजे बस्ने गरी बैठक बोलाएको सचिवालयले जनाएको हो ।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसदले गरेको महाअभियोग दर्ता प्रस्तावकाबारे छलफल हुनेछ ।

त्यस्तै नेकपा एमालेले संसदीय दलको बैठक पनि बोलाएको छ । भोलि(सोमबार) बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको हो ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि संसदीय दलको बैठक बोलाएको बताईएको छ ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार एमालेले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारेमा निर्णय गर्न सक्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू