काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग लागेको पत्र बुझेका छन् ।
सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । संसद सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत् दिएको थियो । उक्त पत्र बुझेपछि जबरा सर्वोच्च अदालतबाट बाहीरीएका छन् ।
जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए । महाअभियोग प्रस्ताव दर्तासँगै उनी प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बनमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्