काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।
भोलि(सोमबार) सिंहदरबारस्थित संसद सचिवालयमा २ बजे बस्ने गरी बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाएका हुन्
प्रतिक्रिया दिनुहोस्