Ads

सत्तापक्षले महाभियोग सिलसिलाको विजारोपण गर्‍योः विष्णु रिमाल


काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता गरेर सत्तापक्षले महाभियोग सिलसिलाको विजारोपण गरेको बताएका कछन् । उनले सामाजिक सञ्जालमा उक्त कुुरा लेखेका हुन् । जबरामाथि महाभियोग प्रस्ताव दर्ता गरेर सत्तापक्षले महाभियोग सिलसिलाको विजारोपण गर्दै सर्वोच्च अदालतलाई हुँडल्ने काम गरेको आरोप लगाएका छन् ।

रिमालले भनेका छन्, ‘महाभियोग लगाएर सर्वोच्च अदालतलाई फेरि विवादमा ल्याउने र हुँडल्ने काम गरिएको छ ,’ उनले भनेका छन्, ‘सत्ता पक्षले महाभियोगको सिलशिलाको विजारोपण गरेर अत्यन्त हानिकार, अनुचित, र अनुत्तरदायी काम गरेको छ । यो कार्य वैशाख ३० मा निर्धारित स्थानयि तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा अंग हुनसक्छ ।’

आईतबार सत्ता पक्षका ९८ सांसदले प्रधानन्यायाधीश राणामाथि महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू