Ads

माधव नेपालसहित १४ सांसदविरुद्धको सुनवाई रोकियो


काठमाडौं । नेकपा एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई दमुक्त गनु पर्ने माग राखी एमालेले दर्ता गरेको रिट निवेदनको आज (आइतबार) सुनावाई रोकिएको छ ।

पेशीमा चढे पनि लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदी लाइै कोराना पोजेटिभ पुष्टि भएको भन्दै हटाउन माग गर्दै निवेदन दिएका थिए। त्यसपछि यो रिटलाई पेशीबाट हटाइएको हो।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त रिट पेशी तोकिएको थियो।

सोमबारबाहेक अरु दिनको पेशीमा यथाशिघ्र सुनुवाइका लागि पेश गर्न आजको इजलासले आदेश दिएको छ।

माधव नेपालसहित १४ सांसदलाई एमालेले गत भदौमा कारबाही गरेको थियो।

त्यहीबीचमा उनीहरुसहितलाई राखेर माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए। त्यसलाई समेत खारेज गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले वारेसमार्फत रिट दर्ता गराएका थिए।

सर्वोच्चले यसअघि निर्वाचन आयोग र सभामुख सचिवालयबाट यससम्बन्धी निर्णय गर्दाका कागजात झिकाएको थियो।

काममा रोक लगाउन अन्तरिम आदेश माग गरिए पनि अन्तरिम आदेश भने आएको थिएन।

Ads

सम्बन्धित पोष्टहरू