Ads

काँग्रेस बैठक : जबरामाथिको महाअभियोगको विषयमा छलफल


काठमाडाैं । सत्तारुढ दल नेपाली काँग्रेसको आइतबार जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ताको विषय प्रवेश भएको छ ।

काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकबारे जानकारी दिनुहुँदै लामो समय संसद अवरुद्ध भइरहेको र न्याय सम्पादनको काम र नागरिकले न्याय पाउने कुरा पनि अवरुद्ध हुदै विषयमा छलफल भएको बताउनुभयो । यी सबै खाले अवरुद्धको प्रक्रियालाई छलफल र संवादमार्फत न्याय सम्पादनको बाटो खुल्नुपर्ने उहाँले बताउनुभयो ।

‘महाअभियोगको प्रस्ताव विशेष कारणवश आएको छ । यसको जानकारी पनि पार्टीमा आएको छ । न्याय सम्पादन संविधान र कानुन बमोजिम अगाडि बढोस् भन्ने समग्र चाहना छ ।’, महतले भन्नुभयो । यी लगायत पार्टीका अरु विषयमा पर्सि मंगलबार दिउँसो ३ बजे पुनः बैठकमा छलफल हुने पनि उहाँले जानकारी दिनुभयो ।

 

Ads

सम्बन्धित पोष्टहरू