विराटनगर । नेकपा एमालेले चुनाव केन्द्रित प्रशिक्षण विराटनगरमा सुरु भएको छ ।
उपाध्यक्ष विष्णु पौडेलले प्रशिक्षणको उद्घाटन गर्दै एमालेले स्थानीय तहको निर्वाचनमा बहुमत स्थानमा जित हासिल गर्ने बताउनुभयो ।
कार्यक्रममा उपमहासचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य अग्नी खरेल, पोलिटव्यूरो सदस्य एवं स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले लगायतले प्रशिक्षण दिनुहुनेछ ।
प्रशिक्षणमा एमालेका केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारी, जिल्लाका पदाधिकारी,पालिकाका प्रमुख,उपप्रमुख लगायतको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्