काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गर्ने भएको छ ।
लामो समयदेखि अबरुद्ध संसद खोल्नेबारे र प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्धको महाअभियोग प्रस्तावपछिको अवस्थाबारे छलफल गर्न सभामुखले आज सर्वदलीय बैठक बोलाएका छन् ।
तर, एमालेले उक्त बैठक बहीस्कार गर्ने भएको छ । एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरुलाई सभामुखले बोलाएको सर्वदलिय बैठक बारे जानकारी नै नभएको बताए । उनले भने ‘सभमुखले सर्वदलीय बैठक बोलाएको छ भन्ने जानकारी नै छैन । हाम्रो पार्टीको संसदीय दलको बैठक बस्दै छ , त्यहि जादै छु ।’
एमालेले अबको कदमबारे छलफल गर्न आजै संसदीय दलको बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्