काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्तारुढ गठबन्धनले शान्त प्रतिपक्ष एमालेमाथि ढुङ्गा हानेको आरोप लगाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाभियोगको प्रति लक्षित गरेर उक्त कुरा बताएका छन् ।
‘क्रियाको प्रतिक्रिया’ हुने बताउँदै रिमालले एमालेले पनि ‘काउन्टर महाभियोग’ प्रस्ताव दर्ता गर्ने सङ्केत दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘“गठबन्धन” भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ। ढुंगा सर्वोच्चमा बज्रिएको छ। भनिन्छ नि–फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन१ हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी ?’
जबराविरुद्ध सत्ता पक्षका ९८ सांसदले आइतबार महाअभियोग दर्ता गरेको भोलिपल्ट त्यसको प्रत्युत्तरमा नेकपा एमाले ‘काउन्टर महाअभियोग’ को तयारी गरेको छ । विशेष गरी सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलनको गृहकार्य थालेको बताइन्छ।
नेकपा एमालेका नेता विष्णु रिजालले पनि गठबन्धनको महाभियोग प्रस्तावले उनीहरूलाई ब्याकफायर हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्