काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै कुनै पनि बेला जुनसुकै कदम चालिने प्रष्ट पारेका छन् ।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कुनै पनि आवेग, उत्तेजना र प्रतिशोधका आधारमा निर्णय नगर्ने बताए । सरकार, सत्ता गठबन्धन र अदालतको नेतृत्व कसरी जान्छन् त्यस आधारमा कदम चालिने ओलीले बताएका छन् ।
बैठकमा अध्यक्ष ओलीले सुविचारित ढंगले एमालेले सडक, सदन र कानूनी तीनै मोर्चाको लडाइँ लड्ने बताए ।
ओलीको भनाइ थियो, ‘हामी परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं । चुनाव हुन नदिने ढंगले यो महाअभियोग आएको आशंका छ । उनीहरू कसरी आउँछन् हामी हेर्दैछौं,नेतृत्वलाई विश्वास गर्नुस् हामी तत्कालीन परिस्थिति हेरेर निर्णय गर्छौं । ’
बैठकमा सांसदहरु भीम रावल र घनश्याम भुषालले भने चुनावको मुखमा चोलेन्द्र र एमसीसी बोकेर जान नसकिने बताएको बैठकमा सहभागि एक सांसदले बताए ।
प्रतिक्रिया दिनुहोस्