Ads

सिंहदरबारमा सर्वदलीय बैठक,एमालेद्धारा बहिष्कार


काठमाडौं । सर्वदलीय बैठक संघीय संसद सचिवालय सिंहदरबारमा सुरू भएको छ ।

गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाएपछि सभामुख अग्निप्रसाद सापकोटाले  समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत  सहभागी छन् ।

Ads

सम्बन्धित पोष्टहरू