काठमाडौँ । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आयरल्याण्डले नेपाललाई १ सय २८ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा अलआउट हुँदै आयरल्याण्ड १ सय २७ रन बनाएको हो ।
खेलको सुरुवातबाटै टेस्ट मान्यता प्राप्त बलियो टिम आयरल्याण्डमाथी नेपाल हाबी भएको थियो । ओमानको अल अमेरात क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गरेको हो ।
बलिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आजको खेलमा आयरल्याण्डलाई हराएमा नेपालका लागि ऐतिहासिक उपलब्धि समेत हुनेछ ।
ग्लोबल छनोट ‘ए’ मा नेपालसहित ओमान, क्यानडा, बहराइन, आयरल्यान्ड, जमर्नी, युएई र फिलिपिन्स गरि आठ टोली छन् । जसको समूह ‘ए’ मा नेपाल, ओमान , क्यानाडा र फिलिपिन्स रहेका छन् भने समूह ‘बी’ मा बहराईन, आयरल्यान्ड, जर्मनी र युएई रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्