काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा निरन्तर अवरोध संसदलाई सुचारु गर्ने विषयमा छलफल भएको छ ।
तर बैठकमा प्रमुख प्रतिपक्षी एमाले भने सहभागि भएन ।
बैठकबारे जानकारी गराउँदै सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्न गम्भीर पहल गर्ने सहमति बनेको बताए । ‘आजको बैठकबाट संसद सुचारु गर्न गम्भीर पहल गर्ने सहमति भएको छ,’ उनले भने, ‘आज कुनै निष्कर्षमा पुगैनौं तर आगामी दिनमा पहल गर्नका लागि सबैलाई उर्जा दिएको छ। सदन सुचारु गर्नका लागि पहल गर्ने बारे मह्वपूर्ण रुपमा छलफल भएको छ ।’
अमेरिकी सहायता परियोजना एमसीसीबारे भने कुनै टुंगोमा नपुगिएको बैठकमा सहभागि एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्