Ads

सत्यमोहन जोशीलाई सिघ्र स्वास्थ्या लाभको कामना


काठमाडौँ । स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किएका छन् । नेपालका राजनीतिक नेतृत्वमा रहने देखी आम नागरिकले जोशीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

केही दलका नेताहरुले जोशीलाई भेटेरै सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए भने धेरैले आफ्नो सामाजिक सञ्जाल मार्फत सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । गत साता ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा भर्ना भएका जोशी जोशी सोमबार पाटनस्थित निवासमा फर्कनुभएको उनका भतिज अजर जोशीले जानकारी दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू