काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । प्रधानन्यायाधीश विरुद्धको महाअभियोग र एमसीसीबारे छलफल गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो ।
सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट संसद सचिवालयमा दर्ता गराइएको प्रधानन्यायाधीशविरुद्ध चोलेन्द्रशमशेर जबरा विरुद्धको महाअभियोग प्रस्तावपछिको विकसित घटना क्रमबारे पनि बैठकमा छलफल हुनेछ ।
भोलिको संसद बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारीका बीच कांग्रेसले संसदीय दलको बैठकमा छलफल थालेको छ ।
सोमबार बसेको सर्वदलीय बैठकले संसद खुलाउन पहल गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्