Ads

एमसीसी भोलि संसदमा पेश हुन्छः कानुनमन्त्री बडु


काठमाडौं । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले मिलेनियम च्यालेन्ज कप्म्याक्ट (एमसीसी) ४ गते(भोलि बुधबार) संसदमा पेश हुने बताएका छन् ।
संसदमा पेश गर्ने कुरामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालपनि करिबकरिब सहमत भएको बडुले बताए ।

कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बडुले भने, ‘प्रचण्डजी र माधवजीहरु हाउसमा पुर्‍याउन सहमत छन्, तर के जोड्न छाड्दैनन् भने सबैको सहमति भए पुर्‍याउन पाए राम्रो, छलफल हुने वातावरण बन्नुपर्‍यो पनि भन्छन् ।’

छलफल हुने वातावरण बन्ने नबन्ने प्रमुख प्रतिपक्षी नेकपा एमालेको हातमा रहेको उनले बताए । एमालेले लामो समयदेखि संसद अबरुद्ध गदै आएको छ । मन्त्री बडुले भने, ‘उसले शर्त राखेको छ । सभामुखको राजीनामा अथवा १४ जना सांसदहरु यहाँ आउनु भएन । यो शर्त पूरा गर्ने हो भने सम्भव हुन्छ, होइन भने हुन्न भन्छ ।’

बडुले भने, ‘प्रचण्ड नेपाल छलफलमा आउनुहुन्छ कि आउनु हुन्न ? आए के बोल्नुहुन्छ ? त्यो उहाँहरुको विषय हो ।’ कांग्रेस एमसीसीलाई संसदमा पेश गरेर त्यहिबाट छिनोफानो गर्नेमा पुगेको छ । त्यहीभएर भोलि बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा नै एमसीसीबारे छलफल गर्ने प्रस्ताव सरकारले अघि सारेको छ ।

Ads

सम्बन्धित पोष्टहरू