काठमाडौं । साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाहवेलमा उनको निधन भएको छ ।
१९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित थिए ।
उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने बताइएको छ।
झर्रोवादी आन्दोलनका एक स्तम्भका रूपमा चर्चित उनका सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित छन् । उनकी श्रीमती, दुई छोरा छन् ।
प्रतिक्रिया दिनुहोस्