काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।
४ गते बुधबार बस्ने प्रतिनिधि सभाको बैठक अघि कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेको बताइएको छ ।
भोलि बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेको छ ।
कार्यव्यवस्था समितिको बैठक नबसे संसद् सचिवालयले प्रतिनिधि सभाको सम्भावित कार्यसूची तय गर्नेछ । त्यसरी तयार गरिने कार्यसूचीमा ‘एमसीसी’ पर्ने नपर्ने टुंगो नभएपछि देउवाले सभामुखलाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेको बताइएको छ ।
यता, कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले पनि मंगलबार नै सभामुख सापकोटालाई कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्