काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ ।
आले एकीकृत समाजवादी पार्टीको तर्फबाट मन्त्री बनेका हुन् ।
मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल गाली गरेको अडियो–भिडियो मंगलबार विहान सार्वजनिक भएको थियो । अडियो– भिडियोमा मन्त्री आलेले एक व्यक्तिलाई अश्लिल गाली मात्र होइन ज्यान लिने धम्की समेत दिएका थिए ।
‘जुन अडियो–भिडियो सार्वजनिक भएको छ त्यसको सत्यता जाँच गर्ने कुरामा हामी लागेका छौं,’ नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सञ्चारमाध्ययमलाई भने, ‘आज नेतृत्व तहमा यसबारे छलफल हुन्छ ।’
पार्टी भित्र छलफल भइनसकेकोले अहिल्यै यही हुन्छ भनेर भन्न नसक्ने उनले बताए ।
यसैबीच मन्त्री आलेको सचिवालयका अनुसार विगत एक वर्ष देखी जगत ओलिले मन्त्रीलाई पैसा मागेर धम्क्याउने गरेका थिए । पैसा नदिएपछि मन्त्रीको छविमाथी आँच आउने गरि नियोचित ढंगले अश्लिल अडियो बनाएर सार्वजनिक गरेको भन्दै दोषिप्रती कारवाहीको माग गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्