Ads

सचिवालयद्धारा कानुनी परामर्श सुरु


काठमाडौँ । अश्लील शब्द बोलेको अडियो–भिडियो सार्वजनिक भएको सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सचिवालयको ध्यानाकर्षण भएको छ ।

गत सातानै यस प्रकारको अडियो–भिडियो सार्वजनिक गर्ने धम्की आएको सचिवालयले बताएको हो । बारम्बार धम्की दिदै पैसा मागेको र पैसा नपाएपछि अडियो–भिडियो सार्वजनिक गरेको भन्दै सचिवालयले कानुनी परामर्श शुरु गरेको हो ।

आज(मंगलबार) सार्वजनिक भएको अडियो–भिडियो मन्त्रीको छविमाथी आँच आउने गरि काटछाँट गरिएको बताउदै सचिवालयले प्रहरी प्रशासनसँग अनुरोध गरेको छ ।

यस विषयमा सचिवालयले कानुनी परामर्श थालिसकेको उल्लेख गर्दै मन्त्री आलेले पछिल्लो समय गरेका लोकप्रिय काममा अवरोध ल्याउनका लागि एउटा गिरोह नै लागेको पनि बताईएको छ ।

Ads

सम्बन्धित पोष्टहरू