काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।
सरकारले आज बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गर्ने तयारी गरेपछि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ । बैठकमा प्रतिनिधि सभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रीत हुने बुझिएको छ । माओवादी एमसीसी पास हुनु हुदैन भन्दै आएको छ । पास गर्नै परे केहि बुँदाहरु परिमार्जन गरेर पास गर्नु पर्ने धारणा राख्दै आएको छ ।
बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्