Ads

माओवादी संसदीय दलको निस्कर्षः राष्ट्रिय सहमति नजुटी एमसीसी अघि नबढाउने


काठमाडौं । सत्तारुड दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ ।

बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निर्णय गरेको छ । साथै संसदमा एमालेको अवरोध जारी रहदासम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।

यदि सरकारले उमसीसी जबरजस्ती सदनमा पेश गरे विपक्षमा मत दिने जानकारी दिए । यदि सरकारमा रहेका दलहरुबीच सहमति हुनु पर्ने यदि गठबन्धन तोडेर अगाडि बढे सरकारबाट बाहिरीने बताए ।

बैठकपछि माओवादी प्रमुख सचेतक गुरुङले सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय भएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू