Ads

टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट फेबु्रअरी १८ देखी सुरु, पहिलो दिन नेपाल र ओमानबीच प्रतिष्पर्धा


काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट फेबु्रअरी १८ देखि सुरु हुने भएको छ । फेब्रुअरी १८ देखी २४ तारिखसम्म ओमानमा हुने खेलमा नेपालका लागि १४ खेलाडीसहितको टोली घोषणा भैसकेको छ ।

नेपाली टोलिमा कप्तान सन्दीप लामिछाने, शरद भेषावकर, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, अविनाश बोहरा, कमल सिह ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक कुमार यादव, लोकेश बहादुर बम, गुल्सन झा र सागर ढकाल रहेका छन् ।

ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, क्यानाडा र फिलिपिन्स छन् भने समूह ‘वि’ मा आयरल्यान्ड, जर्मनी, युएई र बहराईन रहेका छन् ।

नेपालले प्रतिष्पर्धा गर्ने राष्ट्र र खेल तालिका :
ग्लोबल छनोटको पहिलो दिन फेबु्रअरी १८ : नेपाल भर्सेस ओमान
फेब्रुअरी १९ : नेपाल भर्सेस फिलिपिन्स
फेबु्रअरी २१ : नेपाल भर्सेस क्यानडा

समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

फेबु्रअरी २२ तारिखमा सेमिफाइनल खेलहरु हुनेछ भने २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फाइनल खेल हुनेछ । फाइनलमा प्रवेश गर्ने दुबै टोलीे आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म अष्ट्रेलियामा हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू