काठमाडौँ । एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा बोनेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।
नेकपा माओवादीका भातृ संगठनहरुले वानेश्वरको सडकमा आयोजना गरेको प्रदर्शनका क्रममा तनाव भएको हो । आन्दोलनकारीले चर्का नारावाजीसहित ढुंगासमेत प्रहार गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
झडपका क्रममा एकजना पत्रकार र केही प्रदर्शनकारी समेत घाइते भएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले निरन्तर पानीको फोहोरा प्रहार गरिरहेको छ ।
तर प्रदर्शनकारीले पानीको फोहोराको प्रवाह नगरि प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् ।
विरोध प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीलाई अस्पताल लगिएको छ भने केहि प्रदर्शनकारी पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न पनि प्रदर्शनकारीले माग गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्