काठमाडौं । बुधबार एमसीसी संसदमा पेश गर्न लागेको भन्दै विरोध प्रदर्शनमा उत्रिएका सय जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताए ।
प्रर्दशनकारीहरु र प्रहरीबीच झडको अवस्था सिर्जना भएपछि प्रहरीले पर्दशनकारीलाई पक्राउ गरेको गिरीले बताए । पक्राउ परेकाहरु अहिले नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखेका छन् ।
एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दल र तीनका भातृ संगठनहरुले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।
एमसीसीको विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका भातृ संगठनहरु आन्दोलन गरीरहेका छन् ।
त्यस्तै एमसीसी संसदमा टेबल गर्न खोजेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका छ दलको मोर्चाले बुधबार नेपाल बन्द नै घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्