Ads

घट्दै मृत्युदर, संक्रमणको जोखिम कायम


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाले ज्यान गुमाएका छन् भने छ सय ३९ जना संक्रमित थपिएका छन् ।
नौ हजार सात सय ५६ जनामा आरटीपीसीआर र एन्टीजेन परीक्षण गर्दा छ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा काठमाडौंमा १ सय ६४, ललितपुरमा २५ र भक्तपुरमा १२ जना नयाँ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार एक सय तीन जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यसै अवधिमा एक हजार छ सय जना संक्रमणमुक्र भएका छन् ।

नेपालमा हाल १८ हजार दुई सय ५१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको हो । हाल सम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय पाँच पुगेको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परिक्षणका आधारमा देशभरको औषत संक्रमण दर ६.७ प्रतिशत छ ।

संक्रमणदर ओरालो लागेपनि जोखिम उच्च भएका हुँदा स्वास्थ्य सावधानि अपनाउन मन्त्रालयले अनुरोध समेत गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू