काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आर्मी र हिमालयनबीचको खेल बराबरीमा रोकिएको छ । आज(बुधबार) एन्फा कम्प्लेक्समा भएको खेलमा १० खेलाडीमा समेटिएको त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको २६ औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६५ औं मिनेटमा मुताम्बा पिस्टोनले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका हुन् ।
आजको बराबरी खेलसँगै आर्मीले ११ खेलमा १९ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ भने हिमालयनले ११ खेलमा १२ अंक जोड्दै आठौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्