काठमाडौँ । बरिष्ठ चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ । उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा बुधबार राति आठ बजे हृदयघातका कारण उनको निधन भएको हो।
विगत एकवर्षदेखि अस्वास्थ्य रहेका आचार्यको स्वास्थ्यावस्थामा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । आज(बिहीबार) बिहान पशुपति आर्यघाटनमा उनको अन्तिम दाहसंस्कार गरिएको छ ।
‘तिलहरि’ चलचित्र निर्देशन गर्दै २०४४ बाट यात्रा सुरु गरेको आचार्यको अन्तिम चलचित्र ‘प्रीतिको फूल’ हो । आचार्यले नेपाल टेलिभिजनको लागि ‘स्मृति’ नामक टेलिसिरियल समेत निर्देशन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्