Ads

गठबन्धनका तीन नेताबीच छलफल


काठमाडौँ । एमसीसीका बारेमा गठबन्धनको बैठक बस्नु अघि आज(बिहिबार) नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छलफल गरेका छन् ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको छ ।

बुधबार सरकारले एमसीसी सम्झौता संसद बैठकमा टेबल गर्ने तयारी गरेपनि दलहरुबीच सहमति नजुटेका कारण पेश हुन सकेन ।

आज विहान भएको प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको भेटमा पनि एमसीसीका विषयमा छलफल भएको थियो ।

गठबन्धनको बैठक दिउँसो ५ बजे बालुवाटारमा बस्दैछ ।

 

Ads

सम्बन्धित पोष्टहरू