Ads

पूर्वकप्तान हरि खड्का दोषी ठहर


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशहरु अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले आज(बिहीबार) खड्कालाई दोषी ठहर गरेको हो ।

उनले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ ।

पूर्वकप्तान खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षक समेत हुन् ।

Ads

सम्बन्धित पोष्टहरू