काठमाडौँ । एमसीसीको सम्झौताविरुद्ध आन्दोलनरत ६ कम्युनिष्ट पार्टी र दुई जनमोर्चाले आज(बिहिबार) संयुक्त विज्ञप्ती जारी गर्दै भोली(शुक्रबार) पनि विरोध प्रदर्शन गर्ने बताइएको छ ।
राष्ट्रिय स्वाधीनताको रक्षाको लागि यो संघर्ष भएको बताउदै फागुन ६ गते देशैभर र काठमाडौँमा माइतिघर मण्डलाबाट संसदभवन अगाडि संयुक्त विरोध प्रदर्शन गर्ने भएको हो ।
‘राष्ट्रघाती एमसीसी सम्झौताविरुद्धको संघर्ष झन पेचिलो र सशक्त बन्दैगैरहेको छ ।’ जारी विज्ञप्तीमा उल्लेख छ । बुधबार आन्दोलनका क्रममा पक्राउ परेका मंगल तामाङलाई हाल सम्मपनि हिरासतमा राखेको भन्दै विना शर्त रिहा गर्न समेत माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्