काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसको थियो । बैठकमा करिब दुई घण्टा एमसीसीका विषयमा छलफल हो । बैठकमा एमसीसी बारे कुनै सहमति हुन नसकेको बताइएको छ ।
बैठकमा एमसीसीका विषयमा सबै दलले आआफ्नै अडान नछाडेपछि कुनै सहमति हुन सकेन।
सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमसीसीबारे गम्भीर बहस भएपछि कुनै निष्कर्षमा नपुगेको र भोलि पुनः छलफल हुने बताए ।
‘गम्भीर विषयमा गम्भीर छलफल भयो,’ संवादाताहरूसँग कार्कीले भने, ‘संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे छलफल भयो । भोलि बिहान बैठक बसेर थप छलफल हुने छ ।’
बैठक भोलि बिहान ९ बजे फेरि बस्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल ,जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई , नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । गठबन्धनकै राष्ट्रिय जनमोर्चाको भने सहभागीता थिएन ।
प्रतिक्रिया दिनुहोस्