Ads

माओवादी र एकीकृत समाजवादीको शर्त : एमसीसी टेबल गर्नुअघि संसदको अवरोध हट्नुपर्छ


काठमाडौं । सत्तारुढ दल गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्नु भन्दा पहिला संसदको अवरोध हट्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउनुपर्ने शर्त राखेका हुन् ।

उनीहरुले एमसीसी संसदमा टेबल गर्नुअघि एमालेसँग सम्वाद गरेर संसदमा जारी अवरोध हट्नु पर्ने बताएका छन् । जसका लागि प्रधानमन्त्रीले पहल लिनु पर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू