काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । देउवा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट गएका बालुवाटार स्रोतले बताएको छ ।
आज बसेको सत्तारुढ गठबन्धनमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेन । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट गएका हुन् ।
आजै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले ओलीलाई भेटेका थिए ।
प्रतिक्रिया दिनुहोस्