Ads

ज्ञानेन्द्र शाहीको हाम्रो नेपाल, हामी नेपाली अभियान आज राप्रपामा समाहित हुँदै


काठमाडौं ।
ज्ञानेन्द्र शाहीले चलाएको हाम्रो नेपाल, हामी नेपाली अभियान आज राप्रपामा समाहित हुँदैछ । आज साढे ११ बजे राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा र अभियानबीच समायोजन घोषणासभा राखिएको छ ।

दुई पक्षबीच यस अघिनै समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । राप्रपाले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने नीति लिएर यस कार्यका लागि महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।

समितिले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित गर्न गरेको प्रस्तावलाई राप्रपाको पदाधिकारी बैठकले अनुमोदन गरेपछि अभियान औपचारीक रुपमा आज राप्रपामा समाहित हुन लागेको हो ।

Ads

सम्बन्धित पोष्टहरू