Ads

संसदको बैठकमा एकमात्र कार्यसूचीः आदिवासी जनजाति आयोगको प्रतिवेदन


काठमाडौं । आज बस्ने प्रतिनिधि सभा बैठकमा एक मात्र कार्यसूची तय भएको छ । कार्यसूचीमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने तय भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले यो कार्यसूची तय गरेको हो ।

सरकारले आज एमसीसी पेश गर्ने तयारी गरेको थियो । तर सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि स्थगित गरिएको छ । एमसीसीमा साझा धारणा बनाउन यही फागुन ८ गते गठबन्धनको फेरि बैठक बस्ने छ ।

Ads

सम्बन्धित पोष्टहरू