Ads

गठबन्धनबीच कुरा नमिले भत्कन सक्छ : महामन्त्री थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तागठबन्धनबीच कुरा नमिले भत्कने बताएका छन् । थापाले एमसीसीमा कुरा नमिले गठबन्धन भत्कने बताएका छन् ।

संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै थापाले सत्तारुढगठबन्धनबीच कुरा नमिले गठबन्धन यथावत नरहने बताए।

‘हाम्राबीचमा कुरा मिलेर, हामी सँगै हिड्न तयार भएर गठबन्धन बनेको हो । अब हाम्रो कुरा मिल्दैन, सँगै हिड्न सक्दैनौ भने गठबन्धन पनि रहँदैन’, थापाले भने ।

विगतमा प्रधानमन्त्री छँदा माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहालदेखि केपी ओलीसम्मले एमसीसी अगाडि बढाएको भन्दै महामन्त्री थापाले अब एमसीसीबारे ‘वार कि पार’ हुनुपर्ने बताए । सत्तारुढ गठबन्धनका केही दलले कांग्रेससँग छलछामपूर्ण व्यवहार गरेको थापाको आरोप छ ।

‘एमसीसीको विषयमा कांग्रेससँग सफा व्यवहार भएन । एमसीसीको भारी कांग्रेसलाई बोकाउने प्रयास गठबन्धनभित्रै भएको छ । एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ । हामीलाई छलछाम गरौंला भन्ने कुरा गठबन्धनको पार्टी वा प्रतिपक्षले पनि नसोचे हुन्छ । अब एमसीसीको मुद्दाको छिनोफानो नगरी कांग्रेस बस्दैन’, थापाले भने ।

उनले संसदसँग एमसीसी पारित गर्ने, फेल गर्ने वा खारेज गर्ने अधिकार रहेको भन्दै संसदबाट निकास दिन सबै दल तयार हुनुपर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू